कारोबार हुने साताको तेस्रो दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ। सोमबार सामान्य अंकले बढेको बजार आज ५३ दशमलव ३० अंकले बढेर २ हजार ७५४ दशमलव २८ बिन्दुमा पुगेको छ ।
मंगलबार २२४ वटा घितोपत्रको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
मंगलबार १३ वटै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढि फाइनान्स समूहको २ दशमलव ८५ अंकले बढेको हो ।
मंगलबार न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी लिमिटेडको २२ करोड ७७ लाख ३९ हजार ४९० रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।





























प्रतिक्रिया