नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ। लघुवित्तले फागुन ११ गतेदेखि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपिओ निष्कासन गर्ने भएको हो ।
निष्कासन हुने कुल शेयरमध्ये १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपिओमा आवेदन दिने समय छिटोमा फागुन १५ गतेसम्म रहेको छ भने ढिलोमा फागुन २५ गतेसम्म रहेको छ। आईपिओ खरिदका लागि न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ।
आईपिओ निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपिओमा विक्री प्रबन्धकसँगै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आवेदन दिन सकिनेछ।





























प्रतिक्रिया