डाहुवा ब्रान्डको सीसीटीभी क्यामेराको आधिकारिक वितरकमा बिध म्यानेजमेन्ट

डाहुवा ब्रान्डको सीसीटीभी क्यामेराको आधिकारिक वितरकमा बिध म्यानेजमेन्ट

केन्द्रबिन्दु
0
Shares

हङकङमा उत्पादन हुने डाहुवा ब्रान्डको सीसीटीभी क्यामेराको नेपालको आधिकारिक वितरकको जिम्मेवारी बिध म्यानेजमेन्टले पाएको छ।

आधिकारिक वितरकको जिम्मेवारी पाएसँग कम्पनीले मंगलबार काठमाडौंं स्थित पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी दिएको हो । डाहुवाका सीसीटीभी क्यामेरा बिक्रीको हकमा नेपालमा मात्र नभएर विश्व बजारमै दोस्रो स्थानमा रहेको कम्पनीको दाबी रहेको छ ।

नेपालभर डाहुवाको उत्पादन बिक्रीका लागि ५० वटा रिटेलर तोकिएको बिध म्यानेजमेन्टले जानकारी दिएको छ । सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा सीसीटीभी जडानका लागि सरकारले प्रोत्साहन गरिरहेको भन्दै कम्पनीले उक्त आफ्नो बजारीकरण सशक्त बनाइरहेको बताएको छ ।

पाँच वर्षअघि स्थापना भएको बिध म्यानेजमेन्टले औषधि, सर्जिकल सामान, रासायनिक मल, विद्युतीय सामग्रीलगायतको आपूर्ति गर्दै आएको छ।

Skip This
Skip This
Logo