अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे, नेपालमा पनि बढ्ने सम्भावना

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे, नेपालमा पनि बढ्ने सम्भावना

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको छ। 

नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले बुधबार नयाँ मूल्य सूची पठाएको हो । 

आईसीले पठाएको सूची अनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएको छ।

नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ। 

निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको छ।

Skip This
Skip This
Logo