कारोबार हुने साताको अन्तिम दिन बिहीबार (आज) शेयर बजार झिनो अंकले घटेको छ। बुधबार १९ दशमलव ८४ अंकले घटेको शेयर बजार आज पनि १ दशमलव ९४ अंकले घटेर २ हजार ७३२ दशमलव ५१ बिन्दुमा झरेको छ ।
बिहीबार २२७ वटा घितोपत्रको ४० लाख १७ हजार ४२९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
बिहीबार १३ वटा समूहमध्ये ५ वटा समूहको परिसूचकमा वृद्धि आएको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ।
कारोबार रकमको आधारमा जीवन विकास लघुवित्त वित्तिय संस्थाको २२ करोड ३७ लाख ३६ हजार १९७ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।































प्रतिक्रिया