तीन वटा बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

तीन वटा बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

केन्द्रबिन्दु
0
Shares

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीनवटा बैंकको २ करोड ४० लाख कित्ताभन्दा बढी बोनस शेयर सूचीकृत भएको छ।

बिहीबार सिभिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको उक्त कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

जसमध्ये सिभिल बैंकको ५ प्रतिशत बोनस शेयर बापतको ४३ लाख २१ हजार ८३०.४२ कित्ता, निफ्राको १ करोड ६० लाख कित्ता र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.९३ प्रतिशत बापतको ३७ लाख २५ हजार ४५१.०५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

तीन वटै बैंकहरुको बोनस शेयर सम्वन्धित शेयरधनीकोे हितग्राही (डिम्याट) खातामा आएपछि खरिदबिक्री गर्न सकिनेछ।

Logo