शेयर बजारमा हरियाली, २५ दशमलव ४१ अंकले बढ्यो नेप्से

शेयर बजारमा हरियाली, २५ दशमलव ४१ अंकले बढ्यो नेप्से

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको दोस्रो दिन सोमबार (आज) शेयर बजार बढेको छ। आइतबार उच्च अंकले घटेको बजार सोमबार २५ दशमलव ४१ अंकले बढेर २ हजार ७१८ विन्दुमा पुगेको छ।  

सोमबार २२४ वटा धितोपत्रको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। 

सोमबार सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको २ दशमलव २४ प्रतिशतले बढेको हो। सोमबार पनि युनाइटेड इदी मर्दी आर.वि हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। 

कारोबार रकमको आधारमा नेपाल दुरञ्चार कम्पनीको २६ करोड ५० लाख १३ हजार ५६० रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।

Skip This
Skip This
Logo