सीजी मोटोकर्पले सबैभन्दा धेरै इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको छ। सर्वाधिक माइलेज दिने बताइएको सो गाडीको कम सञ्चालन खर्चका कारण बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धिको यो समयमा राहत मिल्ने कम्पनीले विश्वास लिएकाे छ । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ।
सीजी मोटोकर्पका सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो। न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ । यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ।
स्टाइलिस, लाइभ्ली, एक्टिभ र अर्वान एक्सटेरियर डिजाइन
अल न्यु सेलेरियाले थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ । स्टाइलिश थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ। एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेलल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ। १५ इन्च अर्थात ३८.०२ सेमी अर्बन ब्ल्याक अलोय ह्विल र अगाडिको फगल्याम्पले यसमा जीवन शैलीको आकर्षण थप्दछ।
स्पिरिटेड र इनर्जाइज्ड–नेक्स्ट जेन पावरट्रेन
पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेशनको ड्युअल जेट, ड्युअल भीभीटीयुक्त के–सिरिज इन्जिनको प्रयोग यसमा गरिएको छ । जसले नेपालमै सर्वाधिक २६.६८ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको दाबी छ। सेगमेन्टमै पहिलो आइडल स्टार्ट–स्टप प्रयोग गरिएको नयाँ सेलेरियोले कार्बन डाइअक्साइड इमिसनलाई १९ प्रतिशतसम्म घटाउने बताइएको छ। अत्याधुनिक प्रविधिद्वारा संचालित, नयाँ सेलेरियोले ३५०० आरपीएममा ८९ एनएम टर्क र ५५०० आरपीएममा ६७ पीएस पावर जेनेरेट गर्छ । नेक्स्ट–जेन के–सिरिज इन्जिनको विकास अत्याधुनिक प्रविधि जस्तै कुल्ड ईजीआर, अटो टेन्सनर र एकीकृत निकास मेनिफोल्डको प्रयोगबाट गरिन्छ।
स्वीपिङ डिजाइन इलिमेन्टसहितको इनर्जेटिक र स्पेसियर इन्टेरियर
नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो क्याबिन विचारपूर्वक डिजाइन गरिएको छ। स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रयुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम फिल दिएको छ। उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ।
सहज फिचरसहित इन्टिग्रेटेड स्मार्ट टेक्नोलोजी
रमाइलो र आरामदायी ड्राइभिङ अनुभवको लागि १७.७८ सेमी अर्थात ७ इन्चको स्मार्टप्ले स्टुडियो इन्फोटेनमेन्ट सिस्टम उपलब्ध गराइएको छ। यसका अतिरिक्त फर्स्ट इन सेगमेन्ट इन्जिन पुश स्टार्ट, पोलेन टाइप एसी फिल्टर जस्ता नयाँ सुविधाहरू पनि ल्याइएका छन् । माउन्टेड अडियो कन्ट्रोलसहित टिल्ट स्टेयरिङ, ६०ः४० स्प्लिट रियर सिट र उचाइ–समायोज्य ड्राइभर सिट जस्ता सुविधाहरूले नयाँ सेलेरियो थप आरामदायी हुने कम्पनीले जनाएको छ।
अत्याधुनिक सुरक्षा फिचर
सुजुकीको एड्भान्स्ड हार्टेक्ट प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ। हार्टेक्ट प्लेटफर्मले कारको क्र्यास, रिजिडिटी र समग्र बललाई सुधार गर्छ। उच्च तन्य स्टीलको व्यापक प्रयोग र १२ भन्दा बढी सुरक्षा सुविधाहरूले सबैका लागि सुरक्षित ड्राइभ सुनिश्चित गर्ने कम्पनीले विश्वास गरेको बताएको छ।
मूल्य र भेरियन्ट
सुजुकीको नयाँ सेलेरियो नेपाली बजारमा तीन भेरियन्टमा उपलब्ध हुनेछन्। ती मध्ये सेलेरियो भीएक्सआईको मूल्य २७ लाख ९९ हजार, जेडएक्सआईको मूल्य २९ लाख ९९ हजार र जेडएक्सआई प्लसको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।





























प्रतिक्रिया