राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन तथा विक्री खुल्ला गरेको आईपिओ बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार आज ३ बजे क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौँमा बाँडफाँट कार्य सम्पन्न भएको हो।
लघुवित्तको आईपिओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ७९ हजार ४५० जनाले मात्रै लघुवित्तको १० कित्ता शेयर पाएका छन् । बाँकी आवेदकको हात खाली भएको छ।





























प्रतिक्रिया