मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खातामा जम्मा

मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खातामा जम्मा

केन्द्रबिन्दु
0
Shares

मितेरी डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीको बोनस शेयर (हितग्राही) डिम्याट खातामा जम्मा गरिदिएको छ। बैंकले पुस २८ गते सम्पन्न भएको साधारण सभाबाट पारित १३ दशमलव ३० प्रतिशत बोनस शेयर नेप्से र सिडीएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिकरुपमा कारोबार हुने व्यवस्था मिलाएको जनाएको हो।

बैंकले पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गर्ने बताएको छ। 
 
अहिलेसम्म पनि शेयर डिम्याट नगरेका शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल वा नजिकैको प्रभु बैंकको शाखा कार्यालयमा वा कुनै निक्षेप सदस्यहरुमार्फत हितग्राही खाता खोली शेयर डिम्याट गरि बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न सकिने जनाएको छ। 

Skip This
Skip This
Logo