सुनको मूल्य ताेलामा १४०० रुपैयाँले घट्यो

सुनको मूल्य ताेलामा १४०० रुपैयाँले घट्यो

केन्द्रबिन्दु
0
Shares

साताकाे पहिलाे दिन आइतबार सुनको भाउ प्रतितोला १४०० रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ।

गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो। 

यसैगरी आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ। चाँदीकाे भाउ ४० रूपैयाँ घटेकाे छ । चाँदी आज १ हजार २९५ मा काराेबार भइरहेकाे छ।

Logo