आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले साेमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ १७ पैसा बिक्री दर १२० रुपैयाँ ७७ पैसा कायम गरेको छ। 

युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ ४२ पैसा र बिक्री दर १३६ रुपैयाँ १० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ११ पैसा र बिक्री दर १६१ रुपैयाँ ९२ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ८९ पैसा र बिक्री दर १३० रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६  रुपैयाँ ९३ पैसा र बिक्री दर ८७ रुपैयाँ  ३७ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ चार पैसा छ। 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४० पैसा र बिक्री दर १० रुपैयाँ ४५ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ दुई पैसा र बिक्री दर १९ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

साउदी अरबियन रियाल  एकको खरिद दर ३२ रुपैँयाँ तीन पैसा र बिक्री दर ३२ रुपैयाँ १९ पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८१ पैसा र बिक्री दर ३२ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ तीन पैसा र बिक्री दर १० रुपैयाँ आठ पैसा कायम भएको छ।

Logo