डिशहोम फाईवरनेटको सह–वितरण सोरुम इनरुवामा

डिशहोम फाईवरनेटको सह–वितरण सोरुम इनरुवामा


नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले इनरुवामा पनि सह–वितरण शोरुमको शुभारम्भ गरेको छ।

फागुन १४ गतेदेखि डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो शोरुमको संचालन खुस्बु इन्टरप्राइजेजले गर्नेछ। 

सोरुम उद्घाटन, डिशहोमका तर्फवाट प्रबन्ध निर्देशक सुदिप आचार्य, क्षेत्रीय बिक्री प्रबन्धक विपिन्द्र न्यौपाने, सेल्स अफिसर मनोज रिजाल, जीवन बन्जारा असोसिएट ब्रान्ड अफिसर दिनेश रतनको उपस्थीतिमा सम्पन्न भएको थियो ।

खुस्बु इन्टरप्राइजेजले विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा, ग्राहकहरुमाझ पुर्याउँदै आएकाले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा पनि गर्नेछ। 

१ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको खुस्बु इन्टरप्राइजेजले अब अझ बढी ग्राहकहरुमाझ पुग्ने लक्ष्यका साथ काम गर्ने खुस्बु इन्टरप्राइजेजका संचालक सन्दिप क्षेत्री र जीवन श्रेष्ठले जानकारी दिए।

Logo