मुद्दति निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक

मुद्दति निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु.२५ करोड लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा रु.१ करोड २५ लाख, राष्ट्रियस्तरका विकास बैंकमा रु.३ करोड ७५ लाख र वाणिज्य बैंकहरुमा रु.२० करोड मुद्दति निक्षेपका रुपमा राख्नेछ।

मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यसका लागि फागुन १८ गते बुधबार (आज)  दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा इमेलमार्फत ब्याजदर प्रस्ताव पेस गर्नु पर्ने राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तो लगानी आउँदो चैत १ गतेदेखि २०७९ फागुन ३० गतेसम्म ३६५ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ। मुद्दति निक्षेपका रुपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुको राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्नेछ। 

त्यस्तै, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्नेछ भने खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ। 

Skip This
Skip This
Logo