अहिलेको नेतृत्व पुँजी बजारमा देखिएका समस्या समाधान गर्ने सक्षम छ : अर्थमन्त्री

अहिलेको नेतृत्व पुँजी बजारमा देखिएका समस्या समाधान गर्ने सक्षम छ : अर्थमन्त्री

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखहरु सँग पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका छन् । 

बुधबार अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाए पछिल्लो समय पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका हुन् । 

पुँजीबजार सम्बन्धि छलफलमा बोल्दै  अर्थमन्त्री शर्माले पुँजीबजारमा देखिएका समस्या समाधान गर्नको लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताए । उनले पछिल्लो समय शेयर बजारमा देखिएका समस्या समाधानको लागि पुँजीबजार नियमनकारी निकायका नेतृत्वको काम महत्वपुर्ण रहने बताए ।  

मन्त्री शर्माले भने,‘त्यो सबैको परिमाण के गरियो भने एउटा सक्षम योग्य नेतृत्व चयन गरियो । नियमनकारी संस्थाको नेतृत्वले शेयर बजारमा भएका समस्याको समाधानमा उनीहरुको काम कारबाहीबाट देखि ने छ ।’

सो कार्यक्रमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको बताए । उनले पुँजीबजार सुधारको लागि केही कानुनमा सुधार गर्नु पर्ने बताए । अध्यक्ष हमालले अनलाइन प्रणालीमा सुधार गर्नु पर्ने देखिएकाले बोर्ड लागि परेको जानकारी दिए । 

उनले भने,‘ शेयर बजारमा देखिएका समस्या समाधान गर्न बोर्डले काम अगाडि बढाएको छ । सुधारको लागि कानून पर्छ । त्यसमा ’टिएमएस प्रणाली’सुधार गर्नु पर्ने देखिएको छ । त्यो सुधार गर्न बोर्ड लागि रहेको छ।’

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले पुँजीबजार सम्बन्धि ऐन समय सापेक्ष नभएको बताए । उनले पुँजीबजार सुधारको लागि अहिले भएका नीतिगत व्यवस्थाहरुलाई संशोधन गर्नु पर्ने आवश्यक रहेको बताएका थिए । 

उनले भने,‘कसरी प्रभावकारी रुपमा हाम्रो मन्त्रालय र सरकारको स्पेश बढाउन सकिन्छ भनेर विभिन्न पक्षहरुसँग छलफल भइरहेको छ । केही भएका प्रावाधनहरु र नेप्सेमा जडान गरिएका प्रविधिहरुको अध्ययन गर्ने काम भएको छ । मन्त्री ज्युको निर्देशन अनुसार पुँजीबजार सम्बन्धि नीतिगत सुधारको लागि पुँजीबजार ऐन २०६३ रहेको छ । यो ऐन समय सापेक्ष छैन । त्यसलाई पनि हामीले सुधार गर्नुपर्छ ।’

त्यस्तै, अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि पुस्करले पुँजीबजार आन्तरिक मात्र नभएर अन्तराष्ट्रिय बजारमा प्रभावकारी देखाउनु पर्ने बताए । उनले अर्थ मन्त्रालयले नेप्से र धितोपत्र बोर्डको काम गर्ने प्रणालीलाई अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग सहकार्य गर्ने काम अगाडि बढाएको जानकारी दिए । 

उनले भने ,‘ शेयर बजार भनेको आन्तरिक रुपमा भन्दा पनि अन्तर्राष्ट्रिय एपिएसबाट लिङकेजबाट प्रभावित हुन्छ। हाम्रा कारोबारहरु अन्तर्राष्ट्रिय र आन्तरिक रुपमा कम्फटेवल हुनु पर्छ । त्यसको लागि नेप्से र सेवनका काम कारबाहीको पद्धतिलाई पनि विभिन्न छिमेकी मुलुकहरुसँग हाम्रा जस्तै अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग पनि आवद्धता बढाउने काम अगाडि बढेको छ । अटोमेसनका कुरामा पुँजी व्यवस्थापनको लागि अर्थमन्त्रालयले काम गरिरहेको छ ।’

कार्यक्रममा पुँजीबजारलाई नियमनकारी निकायका दुबै प्रमुखले विद्यमान नीतिगत व्यवस्थामा सुधार गर्नू पर्ने जोड दिएको छ । अर्थमन्त्री शर्माले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिइओलाई मोबाइल एपबाटै शेयर कारोबार हुने व्यवस्था मिलाउनु निर्देशन दिए । 

Skip This
Skip This
Logo