आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले आइतबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्री दर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ९२ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ८४ पैसा र बिक्री दर १६२ रुपैयाँ ६४ पैसा छ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३३ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९  रुपैयाँ ५५ पैसा र बिक्री दर ९० रुपैयाँ छ।  क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ६ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्री दर १० रुपैयाँ ५९ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ २५ पैसा र बिक्री दर १९ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल  एकको खरिद दर ३२ रुपैँयाँ ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३५  पैसा र बिक्री दर ३३ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ १० पैसा छ भने बिक्री दर २९ रुपैयाँ २४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९९ पैसा  र बिक्री दर १० रुपैयाँ चार पैसा कायम भएको छ।

Skip This
Skip This
Logo