नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी दिएको छ।
महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि पटकपटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैंले भाडा बढाउने चेतावनी दिएका हुन् ।
सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारलाई दवाव दिँदै आएका छन् । महासंघका महासचिव सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए अनुसार सार्वजनिक यातायातको भाडा समायोजन नगरे व्यवसायी आफैंले भाडा समायोजन गर्ने बतए ।
उनले महासंघको बैंठक बसेर यही फागुन २५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफंैले भाडा बढाउने निर्णय गरिसकेको जानकारी दिए । यातायात व्यवसायीहरुले सरकारलाई भाडा समायोजन तथा मूल्यवृद्धि गर्न बारम्बार निवेदन गरे पनि सरकारले बेवास्ता गरिरहेको महासचिव सिटौलाको भनाइ छ ।
उनले २५ गतेभित्र सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजन नगरे सवारी साधन चल्न नसक्ने बताए । सिटौंलाले सरकारले यातायात व्यवसायीहरुको मागको सुनुवाइसमेत नगरी नतमस्तक भएर बसेको तर्क गरे । सार्वजनिक सवारी साधन तल्लो वर्गका जनताले उपयोग गर्ने भन्दै सिटौलाले १० अर्ब लगानी भएको क्षेत्र सरकारले समाप्त पार्न खोजेको दाबी गरे । उनले पेट्रोलियम पदार्थमा पछिल्लो पटक बढेको भाडादारको अनुपातमा सार्वजनिक यातायातको पनि भाडा बढाउनु पर्ने माग गरे । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण धेरै व्यवसायीहरुले मालवाहक सवारीसाधन ग्यारेजमा थन्क्याएर राख्न थालेको महासचिव सिटौलाले बताए ।
पछिल्लो समय डिजेल–पेट्रोलको मूल्यवृद्धि भएर नयाँ रेकर्ड कायम गर्न थालेपछि यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका छन् । सरकारले गत बिहीबार राति मात्रै पेट्रोल र डिजेलमा ५–५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ।
सार्वजनिक यातायातको भाडादर आफै बढाउने व्यवसायीहरुको चेतावनी
सार्वजनिक यातायातको भाडादर आफै बढाउने व्यवसायीहरुको चेतावनी
Posted by Kendrabindu – केन्द्रबिन्दु on Sunday, March 6, 2022





























प्रतिक्रिया