भक्तपुरको ‘राधे राधे’ मा हुन्डाईको सुविधा सम्पन्न शोरुम

भक्तपुरको ‘राधे राधे’ मा हुन्डाईको सुविधा सम्पन्न शोरुम

केन्द्रबिन्दु
0
Shares

हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भक्तपुरको राधे राधेमा नयाँ शोरुम संचालनमा ल्याएको छ। भक्तपुरमा खुलेको नयाँ शोरुमसहित देशभर हुन्डाई शोरुम संख्या १५ पुगेको छ।

कम्पनीले संचालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकले गाडी किन्दा नयाँ एक्सपेरियन्स गर्न सकिने छ। भक्तपुरको राधे राधेमा संचालनमा आएको नयाँ शोरुममा हुन्डाई मोटर्सले उत्पादन गरेको आधुनिक गाडीहरु शोकेस गरिएको छ।

भक्तपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरुलाई लक्षित गरि संचालनमा ल्याएको उक्त शोरुममा सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको थ्रीएस सेवा उपलब्ध रहेको छ।

अन्य शोरुममा जस्तै कम्पनीको उक्त शोरुममा लगनशील, दक्ष र अनुभवी कर्मचारीहरुले गाडी खरिद र खरिदपछिको उत्कृष्ट सेवा दिनेछन्। यसबाट ग्राहकले सबै किसिमका आवश्यक सेवा छरितो र सहज तरिकाले लिन सक्ने लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ।

Logo