कारोबार हुने साताको दोस्रो दिन सोमबार (आज) शेयर बजारमा झिनो अंकको वृद्धि आएको छ । आइतबार ३ दशमलव ६६ अंकले घटेको बजार आज कारोबार भएदेखि नै घट्न थाले पनि अन्त्यमा १ दशमलव ५५ अंकले बढेर २ हजार ५४४ दशमलव ९४ विन्दुमा पुगेको छ ।
सोमबार २३० वटा धितोपत्रको ५३ लाख १५ हजार २९२ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
सोमबार १३ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।
कारोबार रकमको आधारमा आज पनि शिवम् सिमेन्टको २७ करोड ६९ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।





























प्रतिक्रिया