नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँट, साढे २४ लाख आवेदकको हात खाली (कसरी हेर्ने नतिजा?)

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँट, साढे २४ लाख आवेदकको हात खाली (कसरी हेर्ने नतिजा?)

केन्द्रबिन्दु
0
Shares

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लघुवित्तको आईपीओ बाँडफाँट गरेको हो। संस्थाले गत फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो।

संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरेको थियो भने ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। बाँकी ७ लाख ७४ हजार ५६३ कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था गरिएको थियो।

क्यापिटलका अनुसार यो आईपीओमा कुल २५ लाख २७ हजार १०१ आवेदकबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताको लागि आवेदन परेको थियो। जसमध्ये ४ हजार ११६ जनाको आवेदन रद्द भएका छन् ।

२५ लाख २२ हजार ९५५ आवदेकको आवेदनमात्र सदर भएको छ। मागभन्दा बढीको आवेदन परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँट गर्दा ७७ हजार ४५६ जनाले १० कित्ताको दरले सेयर पाएका छन्। दोस्रो चरणको गोलाप्रथाबाट १० कित्ता सेयर पाएकामध्ये ३ जनाले थप १–१ कित्ताको दरले सेयर पाएका छन्। आवेदन दिएकामध्ये २४ लाख ४९ हजार ६४५ जना आवेदकको हात खाली भएको छ।

आईपीओको नतिजा ग्लोबल आईएमई क्यापिटलको वेबसाइट www.globalimecapital.com तथा सीडीएससीको iporesult.cdsc.com.np र सीडीएससीकै मेरो सेयर वेबसाइटबाट पनि हेर्न सकिनेछ।

Skip This
Skip This
Logo