नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा आज बस्दै, २० प्रतिशत लाभांश पारित हुने

नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा आज बस्दै, २० प्रतिशत लाभांश पारित हुने

केन्द्रबिन्दु
0
Shares

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेत्तीसौँ वार्षिक साधारण सभा आज हुँदैछ। नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाटमा बिहान १०ः३० बजेदेखि अनलाइन मार्फत साधारण सभा सुरू हुने बताइएकाे छ।

यस साधारण सभाले कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियाे। फागुन २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ। 

Skip This
Skip This
Logo