स्कोडा गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले सितापाइलामा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको छ। आज एक कार्यक्रमको आयोजना गरि उक्त सर्भिस सेन्टरको औपचारिक उद्घाटन गरिएको हो।
१५ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको यो सर्भिस सेन्टरमा अत्याधुनिक उपकरण जडान गरिएको छ। सर्भिस सेन्टरमा काम गर्ने टेक्निसियन दक्ष तथा अनुभवी रहेको कम्पनीले बताएको छ। वर्कशपमा १२ वटा अत्याधुनिक वे, ह्विल अलाइन्मेन्ट तथा व्यालेन्सर, पेन्टवुथ र डाइग्नोसिस उपकरण राखिएको छ।
यी मध्ये अधिकांश उपकरण एटिएस एल्गी ब्रान्डका हुन्। युरोपियन ब्रान्डको स्कोडा गाडी प्रयोग गर्ने ग्राहकलाई प्रिमियम स्तरको सर्भिसिङ उपलब्ध गराउन कुनै कन्जुस्याई नगरिएको कम्पनीको भनाइ छ।
तत्कालका लागि दैनिक २० भन्दा बढी गाडीलाई सेवा दिन सक्ने गरि सर्भिसिङ सेन्टरको पूर्वाधार निर्माण गरिएको छ। आवश्यकता अनुसार ४० वटासम्म गाडीको सर्भिसिङ गर्ने गरि पूर्वाधार विस्तार गर्न सकिने कम्पनीका निर्देशक रौनक अग्रवालले बताए।
उनले भने, ‘प्रिमियम ब्रान्डका रुपमा परिचित स्कोडा गाडी प्रयोग गर्ने ग्राहकलाई छिटो छरितो र प्रभावकारी सेवा उपलब्ध गराउन हामीले सर्भिस सेन्टरलाई समेत प्रिमियम स्तरको बनाएका छौं। यो सर्भिस सेन्टर संचालनमा आएसँगै ग्राहकले अझै परिस्कृत सेवा पाउनेछन्।’ सर्भिस सेन्टरसँगै कम्पनीले स्पेयर पार्टसकाे समेत पर्याप्त स्टक राखेको छ।





























प्रतिक्रिया