एनआईसीको ‘सर्वश्रेष्ठ तलब बचत खाता’: एक जनाको खाता खोल्दा चार जनालाई ८४ लाखको बीमा

एनआईसीको ‘सर्वश्रेष्ठ तलब बचत खाता’: एक जनाको खाता खोल्दा चार जनालाई ८४ लाखको बीमा

केन्द्रबिन्दु
0
Shares

कोभिडको असर कम भएसँगै फेरिदै गएको दैनिकीले फेरि पुरानै अवस्थामा फर्किँदै गरेको अवस्था छ । जसकारण चलायमान अर्थतन्त्रलाई अगाडि बढाउनका लागि उद्यमशीलता एवं रोजगारीको अवस्थाले पनि बिस्तारै नयाँ बाटो तय गरिरहेको छ। यस्तो अवस्था विभिन्न निकाय एवं संस्थाहरुमा रोजगारी गरिरहेका कर्मचारीहरूलाई अतुलनीय फाइदा दिने उद्देश्यका साथ एनआईसी एशिया बैंकले ल्याएको छ, सर्वश्रेष्ठ तलब बचत खाता। न्यूनतम शून्य मौज्दातमा खोल्न मिल्ने यो खातामा बचतकर्ताले वार्षिक ८.०३ प्रतिशत ब्याज पाउनेछन् । 

कर्मचारी संख्याको आधारमा तीन प्रकारका श्रेणीमा बचत तलब खाता खोल्न मिल्ने एन आई सी एसियाले जानकारी दिएको छ। बैंकका अनुसार ५ भन्दा कम (१ देखि ४)कर्मचारी भएका संस्थाका कर्मचारीले पार्टनर श्रेणी, ५ देखी ४९ कर्मचारी भएका संस्थाका कर्मचारीले प्राइड श्रेणी र ५० वा सो भन्दा माथि कर्मचारी संख्या भएका कम्पनीहरूले गुडवील एम्बेसडर श्रेणीको तलब बचत खाता खोल्न पाउने छन् । विभिन्न प्रकारका संस्थाहरूले आफ्नो आवश्यकता अनुसार यी तीनमध्ये एक खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

बैंकमा तलब बचत खाता खोलेका कर्मचारीहरूको दुर्घटना बीमा, घातक रोग बीमा, औषधोपचार बीमासमेत बैंकले सुरक्षित गरेको छ। सर्वाधिक उच्च ब्याजदर, रु. ८४ लाखसम्मका ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू उपयोग गर्न बैंकका अनुसार गुडविल एम्बेसडर श्रेणीका खातावालाले आफ्नो एवं निजले मनोनीत गर्ने ३ अन्य व्यक्तिहरूको प्रतिव्यक्ति रु. २१ लख सम्मको गरी कुल रु. ८४ लाखसम्मको बीमा फाइदा प्राप्त गर्नेछन्।

जसमा ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र ४ लाखको औषधोपचार बीमा रहने छ। औषधोपचार बीमामा ८० हजार ओपिडी तर्फ र ३ लाख २० हजार हस्पिटलाइजेसन तर्फ छुट्याइएको छ। प्राइड श्रेणीका खातावालाले आफ्नो एवं निजले मनोनीत गर्ने १ अन्य व्यक्तिको प्रति व्यक्ति रु. २१ लाखसम्मको गरी कुल रु. ४२ लाखसम्मको बीमा फाइदा प्राप्त गर्नेछन् । त्यसैगरी पार्टनर श्रेणीका खातावालले रु. २१ लाखसम्मको बीमा फाइदा प्राप्त गर्नेछन् । सम्पूर्ण बीमा सुविधा ५ वर्षका लागि बैंकले निःशुल्क रहने व्यवस्था गरेको छ ।

यसका साथै खातावालाले डिम्याट खाता र मेरो सेयर शुल्कसमेत ५ वर्षको लागि निःशुल्क पाउने एनआईसी एसियाले जानकारी दिएको छ । यसका साथै पोटफोलियो म्यानेजमेन्ट सेवा शुल्क ५ वर्षका लागि ५० प्रतिशत छुटमा बैंकले उपलब्ध गराउने छ। त्यस्तै डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड वार्षिक शुल्क, प्रिपेड डलर कार्ड, ई–कमर्स सुचारु, लकर शुल्क लगायतका सेवा समेत ५ वर्षका लागि निःशुल्क उपलब्ध गराएको छ। यसका अतिरिक्त पनि ग्राहकहरूले बैंकबाट कर्जा र प्रभिजेज बैंकिङ लगायतमा लाभ लिन सक्नेछन्।

एनआईसी एशिया बैंकले विगत केही वर्षहरूमा आफूलाई पुँजी, वित्तीय विवरण, शाखा तथा एटिएम सञ्जाल लगायतका क्षेत्रहरूमा देशकै सबैभन्दा ठूला बैंकहरू मध्ये एक प्रमुख बैंकको रूपमा विशिष्ट पहिचान बनाएको छ। यस बैंकले देशकै मुख्य वित्तीय केन्द्रहरूमा आफ्नो ३५८ शाखा, ४७३ एटिएम काउन्टर, ८१ शाखारहित बैंकिङ्ग र ९८ एक्सटेन्सन काउन्टरसहित सबैभन्दा ठूलो सञ्जाल निर्माण गरिसकेको छ। बैंकले हाल २८ लाख भन्दा बढी ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ ।

एनआईसी सर्वश्रेष्ठ तलब बचत खाताबाट ग्राहकहरूले लिन सक्ने  फाइदा:

Logo