पछिल्लो समयमा नेपाली बजारमा समेत उपलब्ध फोटोन टुनल्यान्डको नयाँ भेरिएन्ट नेपाली बजारमा आउने भएको छ। टुनल्यान्ड इ प्लस गाडी केही समयभित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले जानकारी दिएको छ।
नयाँ भेरिएन्टको स्पेसिफिकेसन र अन्य फिचरको बारेमा भने कम्पनीले केही खुलाएको छैन। यद्यपि एमएडब्लु वृद्धि कमर्सियल भेइकलका सेल्स हेड नवीन आचार्यले पावर, लुक्स र पर्फमेन्समा अब्बल गाडी नेपाली बजारमा उपलब्ध हुने बताए। उनी भन्छन्, ‘फोटोन टुनल्यान्डले चिनियाँ गाडीप्रति मानिसहरुले हेर्ने नजरमा परिवर्तन गरेको छ। फोटोनले यस विश्वासलाई कायम राख्ने छ।’
कम्पनीले यसमा २ लिटर क्षमताको डिजेल इन्जिन दिएको छ। उक्त इन्जिनले १४८ हर्स पावर प्रदान गर्नेछ भने अधिकतम टर्क ३२० एनएम रहेको छ। ट्रान्समिसन ६ फरवार्ड १ रिजर्ब सिस्टम भएकाले माइलेज पनि उत्कृष्ट रहने बताइएको छ।
पावर, लुक्स र पफर्मेन्सका कारण लोकप्रिय बन्दै गइरहेको फोटोनले पछिल्लो समय आफ्नो डिलर र सर्भिस सेन्टर पनि आक्रामकरुपले वृद्धि गरिरहेको छ।





























प्रतिक्रिया