१८ दशमलव ०७ अंकले बढ्यो नेप्से परिसूचक

१८ दशमलव ०७ अंकले बढ्यो नेप्से परिसूचक

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको दोस्रो दिन सोमबार (आज) शेयर बजार दाहोरो अंकले वृद्धि भएको छ । आइतबार १४ दशमलव ६७ अंकले घटेको बजार सोमबार १८ दशमलव ०७ अंकले बढेर २ हजार ६३४ दशमलव ६५ विन्दुमा पुगेको हो । 

सोमबार २३१ वटा धितोपत्रको ५१ लाख ८९ हजार  कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ५९ करोड २७ लाख १८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

सोमबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी विकास बैँक समूहको २ दशमलव ९२ प्रतिशतले वृद्धि भएको हो ।

सोमबार इमर्जिङ नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको २० करोड ९४ लाख ५७ हजार २२९ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो । 

Logo