ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुल्ला गरेको छ। कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो।
सार्वजनिक निष्कासन गरेको शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता कम्पनीको कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरिने कम्पनीको आह्वान पत्रमा उल्लेख छ। बाँकी रहेको २८ लाख ७५ हजार कित्ता शेयरका लागि भने सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको छ।
कम्पनीको आईपीओ छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म भर्न सकिनेछ। आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि दिन सकिनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ।
कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल छ।
कम्पनीले हालै मात्र ओखलढुंगा र रामेछापका आयोजना प्रभावितलाई शेयर निष्काशन गरेको थियो। अब सर्वसाधारणलाई आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब १२ करोड पुग्नेछ। कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ।
आयोजनाको अनुमानित लागत १२ अर्ब ८ करोड २८ लाख ४९ हजार १३२ रुपैयाँ छ ।आयोजनाको प्रतिमेगावाट लागत २३ करोड ५ लाख अनुमान गरिएको छ।































प्रतिक्रिया