अपि पावर कम्पनी लिमिटेडले चैत २५ गतेदेखि हकप्रद शेयर निष्कासन तथा विक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ ।
हकप्रद निष्कासनका लागि कम्पनीले चैत १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार चैत १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।
उक्त हकप्रद शेयरमा मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका विभिन्न शाखाबाट आवेदन दिन सकिने छ । यसका साथै मेरो शेयर सफ्टवेयर मार्फत वैशाख १५ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।





























प्रतिक्रिया