जेठदेखि सवारी लाइसेन्सको आवेदन खुल्ने

जेठदेखि सवारी लाइसेन्सको आवेदन खुल्ने

केन्द्रबिन्दु
0
Shares

आगामी जेठ १ गतेपछि सवारी लाइसेन्स सहज तरिकाले पाइने यातायात व्यवस्था विभागले जनाएकाे छ। विभागका महानिर्देशक नमराज घिमिरेले एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यो जानकारी दिएका हुन्।

महानिर्देशक घिमिरेका अनुसार जेठपछि लाइसेन्स नवीकरण गर्नेहरुले समेत एक महिनामै नयाँ लाइसेन्स पाउनेछन्। त्यसपछि शुल्क तिर्नेहरुका लागि घरैमा लाइसेन्स डेलिभरी दिनका लागिसमेत तयारी भइरहेको कार्यालयले जनाएकाे छ। उनका अनुसार सन् २०२१ को करिब २ लाख ८ हजार र सन् २०२२ लागे यताको करिब १ लाख लाइसेन्स छपाइको काम बाँकी छ।

हाल ट्रायलमा पास भएर नयाँ लाइसेन्स बनाउनेहरुका लागि एक वर्षको परीक्षणकालीन लाइसेन्स जारी भइरहेको छ। उनका अनुसार जेठदेखि नयाँ सवारीको लाइसेन्सको आवेदन पनि खुल्नेछ। जेठसम्म फारम भरिसकेका ५ लाख ७२ हजार सोवग्राहीसँग परीक्षा लिइसक्ने बताउँदै घिमिरेले त्यसपछि फारम भरेको १५ दिनभित्रै परीक्षा दिन पाउने व्यवस्था गरिने बताए ।

हाल दैनिक ६ हजार जना मात्रै परीक्षामा सहभागी भइरहेको र अब क्षमता बढाएर १५ हजार बनाउने तथा ‘त्यसपछि एउटा नागरिकता नम्बर भएका व्यक्तिले एकपटक मात्रै अनलाइन आवेदन भर्न सक्ने बनाएर बिचौलियासमेत रोकिने उनको दाबी छ। 

विभागले केही दिन अघि अर्को सूचना जारी नभएसम्मका लागि नयाँ लाइसेन्सको अनलाइन आवेदन नै बन्द गरेको छ।

Logo