सडक बोर्डमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सडक बोर्डमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

केन्द्रबिन्दु
0
Shares

सरकारले सडक बोर्ड नेपालमा कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ।

बोर्डमा चार वर्षे कार्यकालका लागि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढेको हो।

बोर्डले बिहीबार सार्वजनिक सूचना जारी गरि हाइवे इन्जिनियरिङ वा व्यवस्थापनमा स्नाकोत्तर हासिल गरि कम्तिमा १० वर्षे अनुभव रहेका व्यक्तिलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो।

उम्मेदवारले कार्यकारी निर्देशकको हैसियतबाट पुर्‍याउन सक्ने योगदान, कार्यान्वयन गर्ने रणनीति तथा कार्ययोजनासहितको कार्यपत्र पेश गर्नुपर्नेछ।

Logo