बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने सोमबार (आज) अन्तिम दिन रहेको छ। कम्पनीले चैत १६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो।
कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशन गरिएको कुल शेयर मध्ये ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनीहरुका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो शेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।































प्रतिक्रिया