आठ महिनामा ३७ अर्ब रुपैयाँको धान तथा चामल नेपाल भित्रियो

आठ महिनामा ३७ अर्ब रुपैयाँको धान तथा चामल नेपाल भित्रियो

केन्द्रबिन्दु
0
Shares

चालु आर्थिक वर्षको ८ महिनामा विभिन्न देशबाट नेपालमा करिब ३७ अर्बको धान तथा चामल भित्रिएको छ। भन्सार विभागका अनुसार उक्त मूल्यको धान तथा चामल २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा भित्रिएको हो। 

सो अवधिमा कूल ३६ अर्ब ७६ करोड ५१ लाख १९ हजार रुपैयाँको धान तथा चामल नेपाल भित्रिएको विभागले जनाएको छ। 

भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो आठ महिनामा नेपालले २२ अर्ब ७५ करोड ७९ लाख ९४ हजार रुपैयाँको चामल आयात गरेको छ। सो मूल्यमा ४३ करोड ४१ लाख ३२ हजार ३२२ केजी चामल नेपालले आयात गरेको हो । 

सोही अवधिमा विभिन्न देशबाट १४ अर्ब ७७ लाख ६३ हजार रुपैयाँको धान नेपालले आयात गरेको छ। सो मूल्यमा ४७ करोड ७३ लाख ११ हजार ९८२ केजी धान नेपाल भित्रिएको विभागले जानकारी दिएको छ। 

नेपालमा धान तथा चामल भारत, चीन, दक्षिण कोरिया, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, जापान, अमेरिकी, इटाली, बेलायत, भियतनाम र अष्ट्रेलियाबाट भित्रने गरेको छ। 

भारतबाट धान मात्र १३ अर्ब ९७ करोड ५५ लाख ८८ हजार रुपैयाँको नेपाल भित्रिएको छ। यस्तै सोही समयमा २२ अर्ब ५७ करोड ४७ लाख ५२ हजार रुपैयाँ चामल भारतबाट नेपालले आयात गरेको देखिन्छ। 

पछिल्लो आठ महिनामा अमेरिकाबाट १७ करोड ५८ लाख ७३ हजार रुपैयाँको चामल नेपालमा आएको छ। 

Logo