फेरि बढ्यो इन्धनको मूल्य : अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ, ग्यासको मूल्य १६००

फेरि बढ्यो इन्धनको मूल्य : अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ, ग्यासको मूल्य १६००

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो।

अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ। त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ।

निगमका अनुसार बढेको मूल्य आजदेखि लागू भएको छ। यसअघि निगमले चैत २ गते पेट्रोलियमको भाउ बढाएको थियो ।

Logo