चालू योजनाहरु छिटो सम्पन्न गर्ने काममा लाग्न सरकारलाई पूर्वअर्थमन्त्री महतकाे सुझाव

चालू योजनाहरु छिटो सम्पन्न गर्ने काममा लाग्न सरकारलाई पूर्वअर्थमन्त्री महतकाे सुझाव

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा.रामशरण महतले चालू योजनाहरु छिटो सम्पन्न गर्ने काममा लाग्न सरकारलाई सुझाव दिएका छन्।

पूर्वअर्थमन्त्रीसमेत रहेका नेता महतले विगतमा नयाँ योजनाहरुको नाममा हल्ला हुने गरेको भन्दै चालू योजनाहरु सम्पन्न गर्ने काममा सरकारले ध्यान दिनुपर्ने स्पष्ट पारे । बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले ठूला योजनाहरु अघि बढाउँदा त्यसमा लाग्ने लागत र प्रतिफलको गम्भीर ढंगले विश्लेषण गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

विगतमा ठूलो खर्च गरेर योजनाहरु अघि बढेको भएपनि त्यसले प्रतिफल दिन नसकेको उनको भनाइ थियो । पूर्वअर्थमन्त्री महतले भने, ‘म त के भन्छु भने–चालू योजनाहरुलाई चाँडै सम्पन्न गर्ने, विगतमा ठूल्ठूला योजनाहरु भनेर हल्ला गर्ने प्रवृत्ति देखियो । तर, त्यस्तो होइन । चालू योजनाहरु चाँडो सम्पन्न गरेर नयाँ ठूल्ठूला योजनाहरु गर्दा त्यसको प्रतिफल र खर्चको विश्लेषण गरेर मात्रै अगाडि बढाउनुपर्छ। प्रशासनिक क्षमता पनि बढाउनुपर्छ । धेरै आयोजनाहरु सम्पन्न भएका छैनन्। १० वर्षदेखिको सडक आयोजनाहरु काठमाडौंमै सम्पन्न हुन सकेका छैनन्। त्यसलाई सम्पन्न गराउनुपर्यो। कर्मचारीको दरबन्दी कटौती गरेर भएपनि विकास खर्च बढाउनु पर्याे।’

कांग्रेस नेता महतले कर्मचारीको दरबन्दी कटौती गरेर भएपनि विकास खर्च बढाउन सरकारको ध्यानाकर्षण गराए।

Logo