फोटोनको इलेक्ट्रिक कार्गो र स्कुल भ्यान केही महिनाभित्रै नेपाली बजारमा

फोटोनको इलेक्ट्रिक कार्गो र स्कुल भ्यान केही महिनाभित्रै नेपाली बजारमा


फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान र स्कुल भ्यान केही महिनाभित्रै नेपाली बजारमा ल्याउने बताएको छ।

फोटोनका यी भ्यानहरु १०० किलोवाट अर्थात १३६ एचपीभन्दा बढी इन्जिन क्षमताका रहेका छन्। यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २५० किलोमिटर रहेको बताइएको छ।

फोटोन मोटर्सले वातावरणमैत्री एवम् जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कार्गो भ्यान नेपाली बजारमा ल्याउने भएको हो। वातावरणमैत्री एवम् जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बिजुलीबाट उत्पादित यस्ता प्रकारका सवारी साधनप्रति उपभोक्ताहरुको राम्रो ध्यानाकर्षण भइरहेको र मागहरु बढ्दै गइरहेको तथ्य पछिल्लो बजार तथ्याङ्कले पनि दर्शाएको कम्पनीको भनाइ छ।

लिथियम ब्याट्रीबाट सञ्चालन हुने बिजुली बस, कार, मोटरसाइकल, स्कुटर आदि उत्पादनमा चीन अरु राष्ट्रहरुभन्दा धेरैमाथि रहेको अवस्था छ। उत्पादन संख्या धेरै भएको चीनका उत्पादकहरुले विश्व बजारमा धेरै संख्यामा गाडी तथा ब्याट्रीहरु सुपथ मूल्यमा मागअनुसार निर्यात गरिरहेको छ।

फोटोन पनि विश्वमै लोकप्रिय चाइनिज ब्रान्ड हो। नेपाली बजारमा यो भन्दा पहिले फोटोनका विभिन्न मोडलका गाडी उपलब्ध छन्।

Logo