एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपाने 'मेनेजर अफ द इयर' अवार्ड २०२२ बाट सम्मानित भएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमबीच व्यवस्थापनकर्मीहरुको सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघ (एमएएन) ले न्यौपानेलाई उक्त अवार्ड प्रदान गरेको हो। एनआईसी एशिया बैंकको व्यवस्थापन क्षेत्र सुधारका लागि न्यौपानेको भूमिका उल्लेख्य रहेको निष्कर्ष एमएएनको छ। पुरस्कार प्राप्त गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ न्यौपानेले आफ्नो पुरस्कार एनआई एशिया बैंकका कर्मचारीलाई समर्पण गरेका थिए।
न्यौपानेको कार्यकालमा एनआईसी एशिया बैंकको कुल कर्जा चार गुणाले बढेर करिब ७३ अर्बबाट २७४ अर्ब पुगेको छ। त्यस्तैगरी निक्षेप संकलन तर्फ ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई ३०० अर्ब पुगेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। साथै बैंकको प्रतिशेयर आम्दानी तर्फ करिब २ गुणाले वृद्धि भई ४१.४३ रुपैयाँ पुगेको छ।

देशभर ३६ लाखभन्दा बढी ग्राहक भएको एनआईसी एशिया बैंक आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न र विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय सूचकांकहरूमा देशको उत्कृष्ट बैंक बन्न सफल छ। त्यसका लागि सीईओ न्यौपानेको भूमिका उल्लेख्य रहेको बैंकको भनाइ छ ।
न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, कर्पोरेट सीईओ अफ द इयर २०२१ र ग्लोबल बिजनेश आउट लुक लण्डन र बैंकिङ सीईओ अफ द इयर २०२१ बाटसमेत सम्मानित भइसकेका छन्।





























प्रतिक्रिया