बलेफी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने भएको छ। यसमा मागभन्दा १५ दशमल ७६ गुणा बढी आवेदन परेको छ। यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ। कुल २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका छन्। जसमा १ लाख ६६ हजार ३४५ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ।
बिहान ९ बजे लक्ष्मण बाबु भवन, नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। यसको प्री–अलोटमेन्ट भने शुक्रबार सम्पन्न भइसकेको छ। यस कम्पनीको आईपीओ हात पार्न भाग्यकै भर पर्ने भएको छ।





























प्रतिक्रिया