नेप्सेमा ३४ अंकको पहिरो, कारोबार रकम साढे १ अर्बमै सीमित

नेप्सेमा ३४ अंकको पहिरो, कारोबार रकम साढे १ अर्बमै सीमित

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको तेस्रो दिन मंगलबार (आज) पनि  शेयर बजारमा उच्च अंकको गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार ४४ दशमलव ६४ अंकले घटेको बजार आज पनि ३४ दशमलव ७८ अंकले गिरावट आएर २ हजार ३८५ दशमलव शून्य २ विन्दुमा झरेको हो ।

मंगलबार २२७ वटा धितोपत्रको ३७ लाख ८३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

मंगलबार १३ समूहमध्ये होटल एण्ड टुरिजम समूहको शून्य दशमलव १ अंकले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । 

त्यस्तै, मंगलबार नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा ड्रिष्टिलरीको ५ करोड ७५ लाख १ हजार ५५० रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।  

Logo