मुक्तिनाथ विकास बैंक र दराज प्रा.लिबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र दराज प्रा.लिबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दराज प्रा.लिसँग एक कार्यक्रमबीच सम्झौता गरेको छ । बैंकले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भिषा डेविट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।

उक्त कार्यक्रममा बैंकका तर्फबाट, प्रमुख–डिजिटल बैंकिङ्ग इकाइ र बैकास्योरेन्स राजेन्द्र पाण्डे, प्रमुख– बजारीकरण प्रवर्द्धन तथा संस्थागत मामिला विभाग बसन्त बक्शी, र अन्य कर्मचारीहरुको उपस्थिति तथा दराज प्रा.लि.को तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो । बैंकको भिषा डेविट कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान चैत्र २८ को दिनदेखि सिमित समयको लागि डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु १,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन्। उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्दछ।

यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो। तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहक महानुभावहरुलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

Skip This
Skip This
Logo