भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले पछिल्लो चार महिनामा करिब २१ हजार लालपूर्जा वितरण गरिएको बताएकी छिन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काठमाडौँ महानगरपालिका–१३ को सम्पर्क कार्यालय उद्घाटनका क्रममा मन्त्री श्रेष्ठले भूमिहीनलाई प्रक्रिया पुर्याएर छिट्टै जग्गा वितरण गरिने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरिने बताइन्।
मुलुकको समृद्धिका लागि कृषि उत्पादनको ठूलो महत्व रहेकाले कृषियोग्य जमिनलाई चक्लाबन्दी गरिने योजना रहेको उनको भनाइ थियो। पार्टीका महानगर इञ्चार्ज एवं पूर्वराज्यमन्त्री दिलीप महर्जनले आफ्नो पार्टीको नेतृत्वमा मुलुकमा राजनीतिक परिवर्तन भएकाले जनपक्षीय नीति कार्यान्वयन गर्न अहिले माओवादी केन्द्रलाई जिताउन खाँचो रहेको बताए। उक्त वडाका प्रस्तावित वडाध्यक्ष रामशरण डङ्गोलले उक्त क्षेत्रमा अग्रगमनका पक्षमा जनता रहेकाले आफूले जित्नसक्ने विश्वास व्यक्त गरे।





























प्रतिक्रिया