सार्वजनिक सवारीमा बढेको भाडा आजदेखि लागू

सार्वजनिक सवारीमा बढेको भाडा आजदेखि लागू

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेश सरकारले समायोजन गरेको सार्वजनिक सवारी साधनको नयाँ भाडा आजदेखि लागू भएको छ । नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रुपैयाँ भएको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तोकिएको छ। 

यस्तै ट्याक्सीको भाडा पनि बढाइएको छ। प्रति दुई सय मिटरको भाडा १० रुपैयाँ बनाइएको छ।  प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले चैत २४ गते काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा भाडा बढाउने निर्णय गरेको थियो । बढाइएको भाडा आजदेखि लागू भएको हो । 

Logo