काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज ३ सयले घट्दै सुन ९६ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यस हप्ता आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन मंगलबार पुनः ३ सयले घटेको थियो ।
बुधबार भने एकै दिन ६ सयले बढ्दै सुन ९६ हजार ४ सयमा कारोबार भएको थियो । विहिबार सुन ९६ हजार ८ सयमा कारोबार भयो । आज शुक्रबार ९६ हजार ५ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९६ हजार निर्धारण गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्यमा पनि १५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १,३१० कायम रहेको महासंघले जनाएको छ ।































प्रतिक्रिया