हाम्रो पात्रो रेमिटबाट अब प्रतिव्यक्ति १ लाख डलरसम्म पठाउन सकिने

हाम्रो पात्रो रेमिटबाट अब प्रतिव्यक्ति १ लाख डलरसम्म पठाउन सकिने

केन्द्रबिन्दु
0
Shares

नेपालको सर्वाधिक डाउनलोड गरिएको र एक मात्र लोकप्रिय एप हाम्रो पात्रोले रेमिट्यान्स सेवा सुरु गरेको ७ महिना पुरा भएको छ। असोज ८ गतेदेखि सुरु भएको यो सेवामार्फत अहिलेका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्छन्। अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिनेछ। 

अहिलेसम्म प्रतिव्यक्तिले ६ महिनामा अधिकतम ३० हजार अमेरिकी डलरसम्म पठाउन मिल्ने व्यवस्था थियो भने अबदेखि यो सीमा बढेर एक लाख डलरसम्म पठाउन मिल्ने व्यवस्था छ। प्रति कारोबार सीमा १० हजार डलरमा नै राखिनेछ भने यो सुविधा टिएर ३ मा भएका प्रयोगकर्ताहरुमा लागू हुनेछ।  

पात्रोको रुपमा सुरु भएको हाम्रो पात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमयदर हेर्न सकिने सुविधा दिँदै आएको छ। अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिट्यान्स पठाउने सुविधासँगसँगै उपलब्ध भएको छ। जुन विदेशबाट नेपालमा रकम पठाउने सबैभन्दा सहज विकल्पको रुपमा रहने हाम्रो पात्रोको विश्वास छ। 

“तत्कालका लागि रेमिट्यान्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने गरेकोमा अबको एक महिनाभित्र इन्स्टेन्ट पे को सुविधा उपलब्ध हुनेछ। जस अन्तर्गत  रकम पठाएको केही मिनेटमै नेपालको बैंक खातामा पैसा जम्मा हुनेछ ” – हाम्रो पात्रोका संस्थापक/ सीईओ शंकर उप्रेतीले बताए।

प्रयोगकर्ताले हाम्रो पात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा गएर हाम्रो पात्रोको एप डाउनलोड गर्नु पर्नेछ। साथै वेबसाइटबाट समेत हाम्रो पात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ। तर सम्बन्धित देशमा रहेका प्रयोगकर्ताले मात्र एपमा रहेको यो फिचरमा पहुँच पाउन सक्नेछन्। 

Logo