नेपाल वायुसेवा निगमले वैशाख ९ गते देखि रियाद उडान भर्ने

नेपाल वायुसेवा निगमले वैशाख ९ गते देखि रियाद उडान भर्ने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरले) साउदी अरेबियाको रियादमा नियमित उडानका लागि तालिका सार्वजनिक गरेको छ । निगमले  विज्ञप्तिमार्फत काठमाडौँ-रियाद-काठमाडौँ उडान तालिका सार्वजनिक गर्दै वैशाख ९ गते देखि रियाद उडान भर्न सुरु गर्ने जनाएको छ । 

 ‘निगमले साउदी अरेबियाको राजधानी तथा ‘ग्लोबल सिटी’ को रुपमा स्थापित सहर रियादमा आफ्नो नियमित तथा व्यावसायिक उडान आरम्भ गर्ने भएको छ । निगमको उडान इतिहासमा यसरी रियादलाई आफ्नो हवाई गन्तव्यको रुपमा समेट्न पाउँदा हामी हर्षित र गौरवान्वित भएका छौँ। निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग हामी जोडिने छौँ। हाम्रो यात्रा जारी छ‘, विज्ञप्तिमा भनिएको छ।

रियाद गन्तव्यका लागि अप्रिल २०२२ र मे महिनाका लागि उडान तालिका सार्वजनिक गरेको निगमले निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग जोडिने प्रतिबद्धतासमेत जनाएको छ।

Skip This
Skip This
Logo