कारोबार हुने साताको चौथो दिन बुधबार (आज) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यो वर्षको कारोबार दिनदेखि नै घटेको बजार मंगलबार भने दोहोरो अंकले बढेको थियो। बुधबार शेयर बजार ३६ दशमलव ७३ अंकले घटेर २ हजार ३२० विन्दुमा झरेको हो।
बुधबार २२८ वटा धितोपत्रको ३५ लाख ७० हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
बुधबार १३ वटै समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी फाइनान्स समूहको ३ दशमलव ८२ प्रतिशतले बढेको हो।
त्यस्तै, बुधबार जाल्पा लघुवित्तको र ग्रिन भेन्चर्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमको आधारमा नेष्डो समृद्ध लघुवित्तको १४ करोड १९ लाख ४७९ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।





























प्रतिक्रिया