ग्लोबल आइएमई बैंकले धितोमा रहेको सम्पति बिक्री गर्दै

ग्लोबल आइएमई बैंकले धितोमा रहेको सम्पति बिक्री गर्दै

केन्द्रबिन्दु
0
Shares

ग्लोबल आइएमई बैंकले धितोमा रहेको सम्पति बिक्री गर्न बोलपत्र आव्हान गरेको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो आव्हान गरेको हो। 

बैंकले विभिन्न शाखाहरुबाट ऋण लिएका ऋणीहरुले समयमा कर्जा चुक्ता नगरेपछि यस्तो सूचना जारी गरेको हो । 

'ऋणीहरुले ऋण कर्जा लिँदाका बखत गरेको लिखित तथा सम्झौता बमोजिम समय समयमा तिर्नु, बुझाउनु पर्ने सावाँ, व्याज तथा अन्य दस्तुर आदि चुक्ता भुक्तान गर्न पटक पटक लिखित तथा मौखिक ताकेता गर्दासमेत ऋण, कर्जा चुक्ता भुक्तान नगरेकाले विभिन्न मितिमा विभिन्न राष्ट्यि दैनिक पत्रिकामा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत ऋणीहरुले उक्त समयमा पनि कर्जा नतिरेकाले बैंकको नाममा धितो राखिएका सम्पति बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा अन्य प्रचलित नियम कानुनले दिएको अधिकार प्रयोग गरि गोप्य शिलबन्दी बोलपत्र प्रक्रियाद्वारा लिलाम बिक्री गरि बैंकको लेना रकम असुल गरिने भएकाले ७ दिने सूचना जारी गरिएको छ ।' बैंक द्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

यस्तै बैंकले जमानत बस्ने व्यक्तिलाई समेत कालोसूचीमा राखिने जनाएको छ। बैंकले लिलाम बिक्री गर्ने कार्यमा सहयोगका लागि सम्बन्धित सबैलाई अनुरोध पनि गरेको छ। 

अंकिता राई (प्रशिक्षार्थी पत्रकार)

Logo