काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरु आजदेखि सञ्चालनमा

काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरु आजदेखि सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

उपत्यकामा तीन हप्ता देखि लागू भएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै ठेलागाडामा व्यापार व्यवसाय गर्नेदेखि अन्य सम्पूर्ण व्यवसाय बार अनुसार सञ्चालनमा आउने भएका छन् भने घर जग्गा सम्बन्धी कामका लागि पनि आजबाट उपत्यकाका मालपोत कार्यालयहरु सञ्चालनमा आएका छन् ।

बिहीबार र शुक्रबार अत्यावश्यक परेका घरजग्गा रोक्का र फुकुवाको काम गर्ने तथा आइतबारदेखि घरजग्गा किनबेच खुल्ला गर्ने निर्णय भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

लकडाउन पश्चात खुल्ला रहेकोमा साउन २८ गतेदेखि पुनः बन्द गरिएका थिए । जसले गर्दा मानिसहरुले घरजग्गा किनबेच तथा रोक्का र फुकुवाका अत्यावश्यक काम पनि गर्न पाएका थिएनन् ।

यता, सरकारले तीन वर्षदेखि बन्द रहेको जग्गा कित्ताकाट गर्न पनि फुकुवा गरेको छ । यसरी सरकारले जग्गा कित्ताकाट फुकुवा गरेकाले जग्गाको कारोबार पनि बढ्ने अपेक्षा गरिएको छ ।

उच्च सुरक्षा सतर्कता अपनाएर अत्यावश्यक कामहरु वडा र स्थानीय तह अनुसार पालैपालो गर्ने गरि २८ गतेदेखि घरजग्गा किनबेचको काम पनि गरिने विभागले जनाएको छ ।

Skip This
Skip This
Logo