तीन लाख ३८ हजार थान स्मार्ट वाच र ६० हजार इन्डक्शन चुल्हो आयात

तीन लाख ३८ हजार थान स्मार्ट वाच र ६० हजार इन्डक्शन चुल्हो आयात

केन्द्रबिन्दु
0
Shares

भन्सार विभागका अनुसार चालु आवको चैत मसान्तसम्म तीन लाख ४० हजार स्मार्ट वाच आयात भएको देखिएको छ।

विभागले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार अमेरिकी डलर तिरेर तीन लाख ३८ हजार ९१८ स्मार्ट वाच आयात भएको देखिन्छ। ती स्मार्ट वाच आयात गर्दा आयात मूल्यमात्रै रु ४८ करोड ५८ लाख १५ हजार बराबर छ। त्यसबाट सरकारले राजस्व रु १५ करोड ३९ लाख ४७ हजार बराबर सङ्कलन गरेको छ।

६० हजार इन्डक्शन आयात 
सरकारले विद्युतीय चुल्हो प्रवर्द्धन गर्ने लक्ष्यका साथ विभिन्न अभियानात्मक कार्यक्रम सञ्चालन गरेपछि चैत मसान्तसम्म कूल ५९ हजार ७०६ वटा विद्युतीय चुल्हो आयात भएका छन्। ती इन्डक्शनको लागत मूल्य रु १२ करोड ३७ लाख २६ हजार बराबर छ। ती चुल्हो आयात गर्दा सरकारले रु एक करोड ७५ लाख १३ हजार बराबरको राजस्व सङ्कलन गरेको छ।

त्यस्तै जुनसुकै भाडा प्रयोग गर्न सकिने इन्फ्यारेड चुल्हो २१ हजार ६७६ वटा आयात भएको छ। ती चुल्होको आयात मूल्य रु चार करोड ६८ लाख १४ हजार छ। त्यस्तै सरकारले रु ६६ लाख १५ हजार बराबर भन्सार शुल्क सङ्कलन गरेको छ।

Logo