टुटल र पठाओ आजदेखि संचालनमा : प्रोटेक्टिभ सुट, स्यानिटाइजर र मास्क अनिवार्य

टुटल र पठाओ आजदेखि संचालनमा : प्रोटेक्टिभ सुट, स्यानिटाइजर र मास्क अनिवार्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा तीन हप्तादेखि लागू गरिएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । स्थानीय प्रशासनले आर्थिक गतिविधिलाई चलायमान राख्नका लागी भन्दै व्यापार व्यवसाय सञ्चालन गर्न पाउनेदेखि निजी सवारी साधनलाई जोरबिजोरका आधारमा चलाउन दिइएसँगै राइड सेयरिङ सेवा टुटल र पठाओ पनि आजदेखि संचालनमा आएका छन् ।

निषेधाज्ञा खुकुलो भएर अन्य सार्वजनिक यातायात सञ्चालन आएसँगै आजदेखि सेवा सुरु गरेको पठाओका म्यानेजर शशांक थापाले जानकारी दिए । उनले मोटरसाइकल र ट्याक्सी दुवैले बिजोर नम्बर प्लेटका आधारमा सेवा सुचारु गरिएको बताए ।

सरकारको स्वास्थ्य मापदण्ड अनुसार राइडरहरुलाई प्रोटेक्टिभ सुट, स्यानिटाइजर, मास्क र ग्लोब्स अनिवार्य गरिएको छ । यात्रु चढाएपछि सिटलाई स्यानिटाइज गर्ने र ट्याक्सीमा राइडरलाई सिल गरिएको तथा मास्क प्रयोग नगरेका यात्रु चढ्न नपाउने थापाले बताए । त्यस्तै, टुटल संचालक शिक्षित भट्टले पनि सेवा सुरु भएको जानकारी दिए ।

Skip This
Skip This
Logo