लुम्बिनीको पर्यटन विकासका लागि समिति गठन

लुम्बिनीको पर्यटन विकासका लागि समिति गठन

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी ।

बुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटकीय उपजका रुपमा विकास र प्रवद्र्धन गरी धेरैभन्दा धेरै बौद्ध पर्यटक भित्र्याउने योजनाका साथ नेपाल पर्यटन बोर्डका समन्वयमा बौद्ध पर्यटक प्रवद्र्धन समिति गठन गरिएको छ । लुम्बिनी तथा बुद्ध र बौद्ध धर्मसँग सम्बन्धित धार्मिक, पुरातात्विक र ऐतिहासिक सम्पदाको प्रवद्र्धन, बजारीकरण तथा प्रचारप्रसार गर्ने उद्देश्यले समिति गठन गरिएको बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी संयोजक रहेको उक्त समितिमा पर्यटन व्यवसायी विक्रम पाण्डे सहसंयोजक, बुद्घ धर्म संस्कृतिका अध्येता प्रा डा रमेश ढुङ्गेल, डा सन्दुक रुइत लगायत पर्यटन क्षेत्रमा विशिष्ट पहिचान बनाएका व्यक्ति एवं पर्यटन सम्बद्ध संघसंस्थाका नेतृत्वसमेत सदस्यका रुपमा रहेका छन् । लुम्बिनी विकास कोषको पनि प्रतिनिधित्व रहेको उक्त समितिले बुद्घसँग सम्बन्धित अन्य स्थल तिलौराकोट, रामग्राम, देवदह, कुदान, गोटिहवा, निग्लिहवा र सगरहवाको प्रवर्धन ब्राण्डीङ, सौन्दर्यीकरण, प्याकेजिङ, अन्य वरिपरिका पर्यटकीयस्थलसँग जोड्ने कार्य तथा अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसारको ढाँचा तय गर्नेछ ।

उक्त विषयमा अध्ययन र विचारविमर्श गरी कार्ययोजना बनाएर तीनै तहका सरकार, स्थानीय समुदाय, निजी क्षेत्र, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदार संस्थासँग सहकार्य गर्ने कार्यक्रम तय गरिएको छ । भैरहवामा निर्माणाधीन गौतमबुद्घ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेका अवस्थामा बौद्धमार्गी तथा शान्तिप्रिय पर्यटकलाई विभिन्न मुलुकबाट नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य स्थलमार्गबाट लुम्बिनी ल्याउन पहल गर्ने कार्यको समेत उक्त समितिले योजना बनाउने जनाइएको छ ।रासस

Skip This
Skip This
Logo