डिशहोमको १ वर्षमा २४ महिना योजना, दुईजना ग्राहकले जिते एक लाख

डिशहोमको १ वर्षमा २४ महिना योजना, दुईजना ग्राहकले जिते एक लाख

केन्द्रबिन्दु
0
Shares

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउनेछन्। साथै यस योजनामा हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन् ।

योजना अन्तर्गत बैशाख पाँच गते र बैशाख १२ गते गरिएको लक्की ड्रमा क्रमशः CAS ID 71900831042 र 02564251703 भएका ग्राहकहरुले रु एक–एक लाख जित्न सफल भएका छन् । 

डिशहोमका ग्राहकहरुले यस योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरकोमा गएर डिशहोमको फण्ड ट्रान्सफर मार्फत आफूले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ । 

यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाइलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ।

Logo